अब राप्रपाले पनि संविधान संशोधनको पक्षमा मतदान गर्नेः संशोधनको पक्षमा ३७ मत थपियो

राष्ट्रिय निकासको लागि राप्रापा लचिलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संसदीय दलको बैठकले सरकार संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापकोको अध्यक्षतामा बसेको उक्त बैठकले मुलुकमा देखिएको राजनीतिक अट्चनको समस्यालाई निकास दिन भन्दै सरकारले पछिल्लो पटक व्यवस्थापिका संसद्मा ल्याएको संविधान संशोधन प्रस्तावलाई पाश गराउन सघाउँने भएको हो ।

अब सरकारले दर्ता गरेको संशोधन प्रस्तावको पक्षमा राप्रपाले पनि मतदान गर्र्ने भएसँगै प्रस्ताबको पक्षमा अंक अणित समेत बढेको छ । अहिले राप्रपासँग ३७ जना संसदहरु रहेका छन ।

राप्रपा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले राप्रपाले वर्तमान राजनीतिक जटिलताको निकासका लागि सरकारले सदनमा दर्ता गरेको संशोधन प्रस्तावमा मतदान गर्ने निर्णय भएको बताएकी छन । उनले राष्ट्रिय निकासको लागि राप्रपा लचिलो भएर सरकारलाई सघाउने पक्षमा अघि बढेको बताइन ।

आज बसेको राप्रपा संसदिय समितिको बैठकमा २७ जना संसदहरु मात्र उपस्थित रहेका थिए ।