खुल्यो मणिपालको रहस्यः सेवाका नाममा यस्तो रहेछ प्रशासन र डाक्टरको कमाउ धन्दा

सर्वसाधारण मर्कामाः कार्वाहीको माग

पोखरा । सरकारी तथा सहुलियत स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालीत अस्पतालका डाक्टरहरुको हाजिर लगाउँदै निजी अस्पतालमा दोहोरो जागिर गर्ने प्रवृतिका कारण बिरामीहरुले सास्ती भोग्नु परेको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशिल पेशामा लागेका स्वास्थ्यकर्मिहरुको कमाउ धन्दाका कारण पोखराका सर्वसाधारण नागरिकहरु मर्काका परेका छन ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा एक सवारी दर्घटनाका घाईतेहरुलाई अस्पताल प्रशासनले उपचार गर्न नमानेपछि अस्पताल प्रशासनसँगको मिलेमतोमा डाक्टरहरु बाहिरका प्राइभेट अस्पतालमा समेत बेस्तहुने गरेको तथ्य सार्वजनिक भएको हो ।

केहि दिनअघि तीर्थयात्री सवार बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा घार्इते भएका मानिसलाई मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नमानेको समाचार बाहिर आएपछि सरकारले स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले बिरामीको उपचार नगर्नुमा अस्पताल प्रशासन र त्यहाँ कार्यरत डाक्टर दुवै दोषी रहेको र प्रशासनको मिलेमतोमा डाक्टरहरु निजी अस्पतालमा समेत जागिर गरिरहेको देखिएको ब्यवहोरा सहितको रिपोर्ट तयार गरेसँगै त्यो कुरामा थगप पुष्टी भएको छ।

उक्त छानबिन टोलीले त्यहाँका डाक्टरहरु अस्पतालमा हाजिर गरी तोकिएको सेवा नदिई बाहिर निजी स्वास्थ्य संस्थामा जाने गरेको हुँदा अस्पतालमा सेवा लिन आउने अन्य बिरामीहरु निजी क्लिनिक र अस्पतालमा जान बाध्य भएको समेत बताएको छ ।

डाक्टर र अस्पताल प्रशासनको लापर्वाहीका कारण सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको र महंगो मूल्यमा निजी अस्पतालमा उपचारको लागि जानुपर्ने बाध्यतामा जकडिनु परेको भन्दै स्थानीयहरुले दोषिलाई कार्वाहीको माग गरेका छन ।