एमाले कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण

दोषिलाई कारवाही नगरे आन्दोलनमा उत्रिने प्रेस सेन्टरको चेतावनी

जाजरकोट । नेकपा एमालेका कार्यकर्ताहरूले जाजरकोटका पत्रकार काँशीराम न्यौपानेमाथि आक्रमण गरेका छन्। उनि भेरीखवर डटकममा कार्यरत रहेका छन्।

पत्रकार न्यौपानेले लेखेको समाचार प्रति असन्तुष्टि जनाउँदै एमाले कार्यकर्ताहरूले उनिमाथी साङ्घातिक आक्रमण गरेको कुरा खुल्न आएको छ।

पत्रकार न्यौपाने माओवादी केन्द्र निकटको पत्रकार संगठनमा समेत आवद्ध रहेकाले एमालेका कार्यकर्ताहरूले उनलाई माओवादीका नाममा तथानाम बोल्दै आक्रमण गरेको बताइएको छ।

प्रेस सेन्टर जाजरकोटका अध्यक्ष हेमन्त केसीद्वारा जारी विज्ञप्तिमा पत्रकार न्यौपानेमाथि नेकपा एमाले समर्थक प्रेमवहादुर बस्नेतको समूहले ढुङगा,मुढाले आक्रमण गरिएको बताइएको छ।

आक्रमणबाट उनका उनका ४ वटा दाँत समेत खसेको प्रेस सेन्टरले बताएको छ। 

प्रेस सेन्टरले उक्त पत्रकार आक्रमण घटना प्रति बिरोध जनाउदै दोषिलाई कडा कारवाहीको माग गरेको छ। 

दोषिलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने भन्दै प्रेस सेन्टर जाजरकोटले स्थानीय प्रशासनलाई चेतावनी समेत दिएको छ।