सिरहामा भतिजाको हत्या अभियोगमा काका प्रकाउ
प्रकासित मिति : २०७४ बैशाख १७, आईतवार
प्रकासित समय : ०६:१९
सिरहा । जिल्ला प्रहरी कार्यलय सिरहाका अनुुसार आफ्नै दुई बर्षीय भतिजाको हत्या काकाले गरेको सार्बजनिक भएको छ ।
बुधबार घरबाट बेपत्ता भएका नरहा ३ का रामभरोसी यादवका २ बर्षीय छोरा रञ्जनको शव बारीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार राती ७ बजे आफ्नै घरमै ट्युसन पढिसकेपछि छोरा रञ्जनलाई नदेखेपछि उनको खोजी भएको थियो ।
धारिलो हतियारले घाँटी रेटेर बारीमा गाडेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न मृतक रञ्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ ।यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।