सेनाका कारण कान्तिलोकपथको काम प्रभावित

ललितपुर । नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको जनाइएको छ ।

राजधानीलाई तराइसँग जोड्ने वैकल्पिक मार्गको रुपमा लिइने कान्तिलोकपथको काम प्रभावित बन्ने भएको हो ।

करिब ९० प्रतिशत सडक चौडा गर्ने काम सकिएपनि बाँकी भाग चौडा गर्न विस्फोटक पदार्थ नभई सम्भव नहुने सडक विस्तार योजनाका प्रमुख देवेन्द्र शाहको भनाई रहेको छ ।

सेनासँग पटक पटक ताकेता गरेपनि विस्फोटक पदार्थ पाउन नसकेको कान्तिपथ योजन प्रमुख शाहले भने–‘हामीले ५ महिना अगाडि नै सेनासँग विस्फोटक पदार्थ मागेका थियौं । जवाफमा नभएको भनाइ आउँछ ।’ यो समाचार आजको नेपाल समाारपत्रमा प्रकाशित छ ।