लमजुङमा सेफ्टी ट्यांकीमा डुवेर बालकको मृत्यु

खेल्ने क्रममा ट्यांकीमा खसेको परिवारको भनाई

लमजुङशनिबार लमजुङमा बन्दै गरेको घरको सेफ्टी ट्यांकीमा डुबेर छ बर्षको बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय लमजुङका अनुसार सदरमुकाम बेसीशहर ८ सेरा बजारमा बस्दै आएका प्रवेश गुरुङको मृत्यु भएको हो ।

घरबाट खेल्न गएका गुरुङ सेफ्टी ट्यांकीमा खसेकाे परिवार स्रोतले बताएको छ । उनको तत्काल उद्धार गरि बेसीशहर हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुर्‍याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङले बताएको छ ।