झापामा एक किलो सुनसहित तीन पक्राउ
प्रहरीद्धारा अनुसन्धान जारी
प्रकासित मिति : २०७४ बैशाख १६, शनिबार
प्रकासित समय : १८:५६
झापा । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।
विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
सुन कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए।
यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो । रासस