तोकिएको मितिमा निर्वाचन हुन्छः देउवा
काँग्रेसले देशलाई निकास दिने दावी
प्रकासित मिति : २०७४ बैशाख १६, शनिबार
प्रकासित समय : १४:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकेको मितिमा हुने बताएका छन ।
आज सानेपामा पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने र वैशाख ३१ र जेठ ३१ गते चुनाव हुने बताएका हुन ।
उनले स्थानीय निकायको चुनाव जनताको लागी महत्वपूर्ण भएको बताएका छन । राजपा नेपाल र गठबन्धनलाई सहमतिमा लिनका लागि दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको बताएका छन ।
यस्तै उनले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको भन्दै देशलाई निकास दिन सक्ने पार्टी कांग्रेस नै भएकाले स्थानीय तह निर्वाचनमा पनि जित्न आवश्यक रहेको दावी गरे ।