जनसरकार निर्माणका लागि निर्वाचन

उज्यालो नेपाल निर्माण गर्न माओवादीलाई चुन्न आग्रह

हेटौँडा । माओवादी केन्द्र ३ नं प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकारको विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताएका छन ।

शुक्रबार हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले जनताले खोजेको जस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि स्थानीय तहको निर्वाचन गर्न लागिएको बताए ।

हेटौँडा उपमपाका प्रमुखका उम्मेदवार बलराम बलले उज्यालो नेपाल निर्माण गर्न सफल माओवादीलाई चुन्न आग्रह गरे । रासस