आज डोलेश्वर मन्दिर भक्तजनको लागि खुल्ला

जौको सातु र सर्वत भक्तजनका लागि वितरण

भक्तपुर । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।

आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको छ ।

समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यका लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु बिहानै देखि मन्दिरमा आएका थिए ।

मन्दिर परिसरमा आज जौको सातु र सर्वत पनि भक्तजनहरुका लागि वितरण गरिएको थियो ।