वृद्धभत्ता ५ हजार पुर्याउँछौंः एमाले नेता भट्टराई

प्रतिव्यक्ति आय पाँच वर्षभित्रै पाँच हजार डलर पुर्याउने दावी

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गदैं एमालेले आफ्नो घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताएका छन ।

शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको र आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए हुन

नेता भट्टराईले भने–‘०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको अझै भत्ता कम्तीमा पाँच हजारसम्म पुर्‍याउँछौं ।’

प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना घोषणापत्रमा गरिएको छ ।

उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको जनाएका छन ।

केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । एक घर, एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।

१५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्‍याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।