बम पड्काएर माछा मार्ने काम अझै रोकिएन

गोरखा । गोरखा जिल्लाको दरौदी नदीमा अवैध रुपमा बम पड्काएर, करेन्ट लगाएर माछा मार्ने क्रम अझै रोकिएको छैन ।

स्थानीय तहको निर्वाचनमा ध्यानमा राखी प्रशासनले हतियार बुझाउन भनेपनि नदीमा बम पड्काउन नरोकिँदा प्रहरीकै मिलेमतोमा त्यसता कामहरु भएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय वासीका अनुसार गोरखा जिल्लाको आसपास नदी क्षेत्रमा युवाले दिनहुँ बम पड्काउने गरेको छन ।

प्रहरीकै संरक्षणमा खोलामा बम र करेन्ट लगाएर मारिएको माछा स्थानीय प्रहरी चौकी हुँदै प्रहरी प्रमुख एसपी जनकराज पाण्डे र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको भान्सामा समेत पुग्ने गरेको स्थानीयले दाबी समेत गरेका छन ।

‘प्रहरीलाई माछा बुझाएपछि करेन्ट लगाउन र बम पड्काउन पाइन्छ’ माछा मार्न संलग्नमध्ये एक युवकले भने । यो समाचारआजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।