किर्ते गरी खाताबाट रकम निकालेको अभियोगमा खतिवडा पक्राउ

काठमाडौं । किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका शााखा प्रबन्धक खतिवडासंगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका हुन ।

इनरुवा जिल्लाको हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रवन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो ।

अन्य दुई लाई किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।