डिआइजी सिलवालका कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको खुलासा
प्रकासित मिति : २०७४ बैशाख १६, शनिबार
प्रकासित समय : ०६:०९
काठमाडौं । प्रहरी छानविन समितिले डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको सार्बजनिक गरेको छ ।
सरकारले महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरे लगतै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले पेस गरेको छानविन समितिले बताएको छ ।
सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १ सय ५४ दरमलव २ र सिलवालको १ सय ५२ दशमलव ४६ अंक आएको भन्दै अर्याललाई सरकारले चैत २८ मा आइजीपी नियुक्त गरेको थियो ।
२९ गते सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन ‘छेडछाड’ गरेर अर्याललाई बढी नम्बर दिइएको दाबीसहित सर्वोच्चमा रिट हालेका थिए । यो समाचार आजको नागरिकमा प्रकाशित छ ।