वैशाख सत्र गते संविधान संशोधन प्रस्ताव पारित हुन्छः नेता यादव

एमालेले संविधान संशोधन प्रस्ताव रोक्न नसक्ने दावी

काठमाडौंसत्तारुढ दल नेपाली काँग्रेसका नेता महेन्द्र यादबले संविधान संशोधन प्रस्ताव बैशाख १७ गते अगाबै पारित गरी स्थानीय तहको निर्वाचन तोकिएको मितिमा गर्न पर्ने बताएका छन ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा यादवले प्रतिपक्षी दल एमालेले संविधान संशोधन प्रस्तावलाई पारित गर्नबाट रोक्न नसक्ने बताएका हुन ।

नेकपा एमालेले संविधान संशोधन प्रस्ताव रोक्न चाहेर पनि नरोकिने यादवले दावी गरेका छन । अहिलेको संसदको संख्याले पनि संशोधन प्रस्ताव बैशाख १७ गते दुई तिहाईले पारित हुने बताएका छन ।