माओवादी केन्द्रले गोरखामा उम्मेदवारी घोषणा

उपमेयरको पद खाली

गोरखा । माओवादी केन्द्रले नजिकिदै गरेको स्थानीय तहको चुनावका लागि गाउँपालिका र नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । हिजो माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी उमेद्वार घोषणा गरेको हो ।

गोरखा नगरपालिकाको मेयरमा कृष्ण रानालाई माओवादी केन्द्रले उम्मेदवार बनाउने घोषणा गरेको छ । गोरखा नगरपालिकाको उपमेयरमा भने टुंगो लागेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रले अन्य दलसँग तालमेल गरेर भए पनि उपप्रमुखको उम्मेद्वारी दिने तयारीका साथ गोरखा नगरपालिकाको उपमेयरको पद खाली राखेको छ ।

नौ गाउँपालिका र दुर्इ नगरपालिका रहेको जिल्लाका सबै गाउँ र नगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लागेको हो ।