जेठको पहिलो हप्ता देउवालाई सत्ता हस्तान्त्रण हुन्छः नेता पुन

स्थानिय तहको संख्या थपिनेमा ढुक्क हुन आग्रह

काठमाडौं । माओवादी केन्द्रले जेठको पहिलो हप्ता भित्रमा सत्ता हस्तान्त्रण गर्ने तयारी गरेको छ । माओवादी केन्द्रका नेता बर्षमान पुनले बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने बताएका छन् ।

आज नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले जेठको पहिलोे हप्ताभित्र नेपाली कांग्रेसका सभापति देउवालाई हस्तान्त्रण हुने र सत्ता गठबन्धन कायम रहने बताए हुन।

नेता पुनले यसअघि आफ्नो पार्टीको नेतृत्वको सरकार गठनका क्रममा भएको सहमति अनुसार दायाँबायाँ नगरी आफ्नो पार्टीबाट अहिले प्रधानमन्त्री भएका पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवालाई सत्ता सुम्पनी समेत बताए हुन।

उनले जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने र उनले प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउने बताए ।

वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति काँग्रेसकै समझदारीमा आएको हो । कांग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो तर केहि कारणबस ढिलो हुन पुग्यो ।

संविधान संसोधन प्रस्ताव पारित गराउन दुईतिहाई पुग्ने र स्थानिय तहको संख्या पनि थपिने समेत नेता पुनले बताए ।