म्यादी प्रहरीमा विप्लवको घुसपैठ, सरकारद्धारा निगरानी कडा

काठमाडौं । गृहमन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिउका म्यादी प्रहरीमा निर्वाचन विरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।

म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ ।
गृह मन्त्रालयले म्यादी प्रहरी भर्नाका क्रममा नियोजित रुपमा चुनाव विथोल्न विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ता भर्ती गराएको/भएको सूचना आउको भन्दै म्यादी प्रहरीका गतिविधिमाथि निगरानी बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

मतदानको दिन म्यादी प्रहरीलाई ब्यालेट बक्सको सुरक्षा गर्नसमेत नदिने तयारी गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।