संशोधनको पक्ष विपक्षमा दुबै पक्षको कसरत

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारद्‌वारा मधेशी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन गर्न दर्ता गरेको संविधान संशोधन विधेयकमाथि थप संशोधन पेश गर्ने निर्णय गरेको छ।

गठबन्धनको बैठकले विधेयक पारित गराउने सत्तापक्षको प्रयासलाई विफल तुल्याउने दृढता व्यक्त गरेको छ। तर विपक्षी गठबन्धनमा रहेका कतिपय दल र सांसदको समर्थन पाउने आशा विधेयकका पक्षधरमा देखिन्छ।

विधेयकमाथि संशोधन पेश गर्ने म्याद दिइएपछि विपक्षी गठबन्धनको बैठक भएको हो।

उक्त गठबन्धनका एकजना नेता विश्वेन्द्र पासवानले भने–‘विधेयकमा हामीले थप संशोधन दर्ता गरेर त्यो पारित गराउन प्रयास गर्ने र सरकारी विधेयक असफल बनाउने निर्णय गरेका छौं।’

विधेयकमाथि संशोधन पेश गर्न दिइएको तीन दिने समयसीमा सकिने भोलिपल्ट आइतबार संसद बैठक डाकिएको छ।
जहाँ संशोधन विधेयक र त्यसमाथिका थप संशोधनसंबन्धी प्रक्रिया अघि बढाइने छ। यो समाचार आजको बिबिसी नेपालीमा प्रकाशित छ ।