संयुक्त विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनको कार्यलयमा तालाबन्दी

माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । आज संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरुद्धमा उपत्ययका लगाएत देशव्यापीरुपमा प्याब्सन र एनप्याब्सनको कार्यलयमा तालाबन्दी गरेका छन ।

पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आज संयुक्त विद्यार्थी संगठनले प्याव्सन तथा एनप्यााव्सन कार्यलयमा तालाबन्दी गरेका हुन ।

संयुक्त विद्यार्थी संगठनले गत सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्ना माग पुरा नगरे आन्दोलन गर्ने बताएका थिए ।

पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुुसार हिजो उनीहरुले देशैभरका निजि विद्यालयहरुमा तालाबन्दी समेत गरेका थिए ।

अखिलकी केन्द्रीय अध्यक्ष नविना लामा लगाएत संयुक्त विद्यार्थी संगठनका नेताहरुले प्याव्सन तथा एनप्यााव्सन कार्यलयमा तालाबन्दी गरेका छन ।

संयुक्त विद्यार्थी संगठनले आफ्ना माग पुरा गर्न जस्तोसुकै संघर्ष पनि गर्नसक्ने र माग पुरा नभए आन्दोलनले अझ बृहतरुप लिन सक्ने अखिल क्रान्तिकारीका नेता डिबि साउदले हरपल नेपाललाई बताएका छन ।