सहमति विपरित निर्णय गरेको भन्दै राजपा प्रधानमन्त्रीलाई दवाव दिदैँ
सरकार र प्रतिपक्षीबीच भएको सहमतिमा राजपाको आपत्ति
काठमाडौं । सरकारले पूर्वसहमति विपरित निर्णय गरेको भन्दै राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिने भएका छन् ।
आज प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने र त्यसपछि विजुली बजारमा बैठक गरेर नयाँ रणनीति बनाउने राजपाले तयारी गरेको हो ।
प्रमुख प्रतिपक्षबचि सहमति भएपछि राष्ट्रिय जनता पार्टी नेपालले नयाँ रणनीति बनाउने भएको छ । प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेरपछि बैठक गरेर आन्दोलनको रणनीति तय गर्ने निर्णय गरेको हुन ।
सहमति विपरित निर्णय लिएको भन्दै घेराउ शेलीमा प्रधानमन्त्रीसँग भेट हुने एक नेताले बताए । स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि ११ जिल्लामा गरेको परिपत्र सरकारले फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुला गरेको छ ।
मधेसी मोर्चासहितको राजपा नेपाल आन्दोलनमा जाने तयारी लागेको छ । सरकार र प्रतिपक्षी एमालेबीच भएको सहमतिप्रति भने मधेसी मोर्चाले आपत्ति जनाएको छ ।