ठूला दलहरुले नैतिक, बैचारिक र संगठनात्मक हैसियत गुमाएको राप्रपाको आरोप

देशमा बिदेशी चलखेल र प्रभावमा वृद्धि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो नैतिक, बैचारिक एवं संगठनात्मक हैसियत गुमाइसकेको आरोप लगाएको छ ।

हिजो स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलमा देशलाई बिद्यमान संकटबाट मुक्त तुल्याउन सक्ने दूरगामी सोचाइ, सक्षम नेतृत्व र इमान्दारिताको सर्वथा अभाव रहेको दावी गरिएको हो ।

उक्त घोषणापत्रमा एकातिर देशभित्रको संकट चुलिएको अवस्था छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय परिस्थिति समेत चुनौतिपूर्ण बन्दै गएको भन्ने कुराको उल्लेख गरिएको छ ।

वामपन्थी प्रभावमा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु परेको निष्कर्ष भने देशमा बिदेशी चलखेल र प्रभावमा वृद्धि भएको समेत राप्रपाको ठहर रहेको छ ।