‘निर्वाचन प्रतिरोधका लागि कमाण्डो शैली अपनाउनु पर्छ’

भन्छन–‘जनबिरोधलाई गिरफ्तार गरेर निस्तेज गर्न खोज्नु गलत छ’

आयुश खड्का

अहिले नेपालको राजनीतिक अवस्था अत्यन्तै गम्भिर मोडतिर गइरहेको छ। मालेमावादको जादुगरी हतियार नेपाली क्रान्तिको मेरुदण्ड केही नेताहरुको गद्दारिको कारण ओझेलमा परेको छ, तर नामेट भने हुदैन । अब जाग्छ फैलिन्छ यसमा कुनै शङ्का छैन । हाम्रो अस्तित्व मेट्न खोज्ने लम्पसारवादीहरुले धेरै नउम्लिएको राम्रो पोखिएपछि उठाउन गाह्रो पर्ला ।

एमाले कांग्रेसका मित्रहरू अलि जिम्मेवार बन्नुहोस, तपाईहरुसँग कम्युनिस्ट पार्टीले अहिले जोरी खोजी रहेको छैन, जनताका एजेन्डाहरु प्रस्तुत माात्र गरिराखेको छ, त्यसलाई मनन गर्न कोसिस गर्नुहोस । तपाईहरु आइलाग्ने स्थितिमा जाइलाग्ने हाम्रो नीति हुने छ।जनता जति सबै हाम्रो मात्रै हो भन्ने भ्रम तपाईहरुले त्याग्न आवश्यक छ । जनताले चाहेपछी निरङ्कुश राजतन्त्र, पञ्चायत पनि ढलाकै हुन । यो सत्यलाई स्विकार गरेर अघि बढ्नुनै राम्रो होला ।

शान्तिपूर्ण कार्यक्रममा जनताको असली सेवकहरुलार्इ दिन प्रति दिन गिरफ्तार पक्राउ र यातना दिने गरिदैछ ? किन यो देशका शासकहरुले जन आवाजलाई निस्तेज पार्न खोज्दैछन ? आखिर खोजेको चाइ के हो त ?

अहिलेको मुलुकमा दलाल राज्य सत्ताले पञ्चायति हर्कत देखाइरहेको छ । जनबिरोधी फटाहाहरुले बनाएको नेपालको संविधानमा प्रष्ट रुपमा लेखिएको छ कि शान्तिपूर्ण तरिकाले सरकारको विरोध गर्न पाउने, जनतालार्इ सचेत गराउन पाइने भनेर तर किन शान्तिपूर्ण कार्यक्रममा जनताको असली सेवकहरुलार्इ दिन प्रति दिन गिरफ्तार पक्राउ र यातना दिने गरिदैछ ? किन यो देशका शासकहरुले जन आवाजलाई निस्तेज पार्न खोज्दैछन ? आखिर खोजेको चाइ के हो त ?

यो देशमा सरकार छ कि छैन जस्तो भाको छ जनतालाई । जस्ले महङ्गी, कालाबजारी, भ्रष्टाचार र दलालिकरणको अन्त्य चाहेको छ, जस्ले दिगो शान्ति र स्वाभिमान चाहेको छ, उसैलाई गिरफ्तार गरेर जेल हाल्ने यो कस्तो कानुनी राज्य हो ?

देशमा दिन प्रती दिन महङ्गी बढेको छ, कालाबजारी मौलाएको छ, दलालिकरण बढेको छ, तर सरकारलाई वास्ता छैन । बिदेशिले सीमा मिचेको छ, सीमानामा मान्छे चरा मरे झै मारिएको छ, तर शासकहरु निदायका छन । यो देशमा सरकार छ कि छैन जस्तो भाको छ जनतालाई । जस्ले महङ्गी, कालाबजारी, भ्रष्टाचार र दलालिकरणको अन्त्य चाहेको छ, जस्ले दिगो शान्ति र स्वाभिमान चाहेको छ, उसैलाई गिरफ्तार गरेर जेल हाल्ने यो कस्तो कानुनी राज्य हो ?

दलाल नेताहरूले देशलाई कंगाल बनाएर रित्याउँदै छन । भ्रष्टाचारीहरुले जनतालाई जबरजस्त रैती बनाएको हामी हेर्न चाहदैनौ । कथित स्थानीय निर्वाचनको ढ्वाङ फुकेर लेन्डुपेहरुले नेपाललाई कमाइ खाने भाँडो बनाउन पाइदैन । यसको प्रतिरोध गर्नुको विकल्प छैन । जनताको शान्तिपूर्ण प्रतिरोध कार्यक्रममा पञ्चायति शैली अपनाउदै सरकारले गिरफ्तारि गर्ने क्रम नरोके प्रतिरोध निश्चित छ । सरकारले गर्ने भनिरहेको निर्वाचन नरोकेमा मेयर र उप मेयरहरुलार्इ कमाण्डो शैलीमा सम्झाउनै पर्छ, त्यो अपनाउनै पर्छ । अर्को विकल्प छैन ।

(आयुश खड्का (परिवर्तनप्रेमी)  पाठक पत्र र राजनीतिक विषयमा कलम चलाउने गर्दछन । उनी हाल बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन । उनी जनप्रगतिशील मोर्चा मलेसियाका प्रवक्ता समेत हुन ।)