दुवै चरणको चुनाव सकेपछि नयाँ आर्थिक बर्षको बजेट ल्याउन दलहरुको सहमति

काठमाडौं । सरकारले दुवै चरणको स्थानीय चुनाव सकेपछि मात्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने गरी दलहरुसँग सहमतिको प्रयास थालेको छ।

दोस्रो चरणको निर्वाचन हुनुअघि निर्धारित जेठ १५ गते बजेट ल्याइँदा चुनाव प्रभावित हुने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले असहमति जनाएपछि बजेटको समय केही पर धकेल्ने दिशामा आफूहरु अघि बढेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्रीले बताएका छन्।

अर्थ मन्त्रालयका अधिकारीहरुले चाहिँ निर्धारित समयमै बजेट ल्याउने गरी तयारी भइरहेको बताएका छन्।

पहिलो चरणको चुनाव सकेर दोस्रो चरणको हुनुअघि नयाँ बजेट ल्याइए त्यसले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्क छ।

सरकारको त्यस्तो कदम आफूलाई अस्वीकार्य हुने एमालेले बताएपछि अप्ठ्यारोमा परेको सरकारले सहमतिको प्रयास शुरु गरिएको जनाएको छ। यो समाचार आजको बिबिसीमा प्रकाशित छ ।