स्थानीय तहको संख्या बढाउने निर्णयमा एमाले लचिलो

सरकार तिन दिनभित्र विपक्षीसँग पनि सहमति गर्ने

काठमाडौंप्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण दुई दिन पछि संसद्‍मा संविधान संशोधन प्रक्रिया अघि बढेको छ।

सरकारले राष्ट्रिय जनता पार्टी नेपाल र गठबन्धनसँगको सहमति अनुसार तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन खोजेको विरोधमा एमालले मंगलबार र बुधबारको पहिलो बैठक अवरुद्ध गरेको हो । बुधबारको पाँच बजे बसेको बैठकमा द्वीपक्षीय सहमति भएपछि अवरोध अन्त्य भएको छ ।

प्रतिपक्ष दल नेकपा एमाले समेत सहमतिमा आएपछि बैठक शुरु भई संविधान संशोधन प्रक्रिया अघि बढेको एक नेताले बताएका छन ।

प्रमुख सचेतक श्रेष्ठले भने–‘संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव पेश गर्न तीन दिनको समयमा विपक्षीसँग पनि सहमतिको प्रयास गर्ने कुरा भएको छ।’