चर्को शुल्क बिरुद्ध संयुक्त विद्यार्थी आन्दोलनः ३४ शैक्षिक संस्थाको लेखा र प्रशासन शाखामा तालाबन्दी

माग पुरा नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौंसंयुक्त विद्यार्थी संगठनले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुुसार आज उपत्ययका लगाएत देशभरका निजी विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन ।

विद्यार्थीहरुले आज उपत्ययका चर्काे शुल्क लिने प्याव्सन तथा एनप्यााव्सन अन्तर्गतका अधिकांश विद्यालयहरुमा तालाबन्दी गरेका छन ।

अखिल क्रान्तिकारीका नेता डिबि साउदले रातो बाङ्ग्ला, भि.एस निकेतन, केएमसी स्कुल, लर्ड बुद्ध, साउथ वष्टर्न, ह्याइट फिल्ड, अपि, आइडिएल लगाएतका स्कुलको लेखा र प्रशासनिक शाखामा तालाबन्दी गरिएको जनाए ।

आज विद्यार्थीहरुले देशभरीका नाइटिङ्गेल, रेडियन्ट, स्वर्णिम, डिएभि, माउन्ट ग्ल्वरी, गितान्जली, एनएएमएस, रेड्न, फ्लोरिसेन्ट, ज्ञान निकेतन, काठमाडौ बिद्याकुन्ज, काव्य, पुस्प सदन, बिभुती, कन्चनजङ्घा, प्यारागन, सस्कृती, एक्सल, दिब्यज्ञान, केसिभि, डल्लु आबशिय बिद्यालय डल्लु, काठमाडौ भ्याली स्कुल, ट्रीनिटि, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठसाला, चेल्सी, अक्सिडेल्टल लगाएत विभिन्न ३४ वटा निजी विद्यालयमा तालाबन्दी गरेका छन ।

विद्यार्थीहरुको तालाबन्दीका कारण समस्या भएपछि अहिले प्याब्सन तथा एनप्याब्सनले वार्ताका लागि पहल गरेको भएपनि विद्यार्थीहरुले भने पहिले चर्को शुक्क घटाएको घोषणा गर्नुपर्ने सर्त अघि सारेको नेताहरुले हरपल नेपाल डटकमसँग बताएका छन ।

विद्यार्थीहरुले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफ्ना माग पुरा नगरे अझ कडा खालका आन्दोलनहरु घोषणा गर्ने बताएका थिए । उनीहरुले देशैभरका निजि शैक्षिक संस्थाहरु ठप्प पार्ने चेतावनी समेत दिदै आएका छन ।

,