प्रमुख दलहरुबीचको बैठक अपरान्ह तीन बजे बस्ने

स्थानीय तहको संख्या बढाउने विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आव्हानमा आज नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको बैठकमा एमालेले एघार जिल्लामा स्थानीय तहको संख्या बढाउने विषय प्रति अडान नछाडेपछि सभामुख ओनसरी घर्तीले बैठक अपरान्ह ३ बजे बस्ने गरि स्थगित गरेकी छन ।

प्रतिपक्षी दल नेकपा एमालेले सरकारले तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने गरि स्थानीय विकास अधिकारीलाई पत्राचार गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग्दै मङगलबारको बैठक अवरूद्ध पारेको हो ।

प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले ११ जिल्लामा गाउँपालिका र नगरपालिकाको संख्या वृद्धि गरे निर्वाचन आचारसंहिता विपरित संवैधानिक र कानुनी व्यवस्था हुने भएकाले सदनको कारवाही अघि बढ्न नसक्ने बताए ।