गिरफ्तार कार्यकर्ता रिहाई नगरे कडा संघर्ष गर्ने विप्लव निकट युवा संगठनको चेतावनी

संघर्षको कारण उत्पन्न परिणामको जिमा प्रहरीले लिनुपर्ने

ललितपुर । ललितपुर प्रहरी प्रशासनले वैशाख ११ गते लगनखेलबाट गिरफ्तार गरेका राष्ट्रिय युवा जनस्वयंमसेवकका केन्द्रिय समिति सदस्य तथा जिल्ला अध्यक्ष सुरेश लामालाई रिहाई नगरे कडा संघर्ष गर्ने विप्लव निकट युवा संगठनले चेतावनी दिएको छ ।

राष्ट्रिय युवा जनस्वयंमसेवकका अध्यक्ष झकबहादुर मल्लद्धारा आज जारी प्रेस विज्ञप्तीमा त्यसतो बताइएको हो ।

उक्त विज्ञप्तीमा शान्तिपूर्ण रुपमा हिँडडुल गर्न पाउनु, संघ, संगठनमा आवद्ध हुन पाउने नैसर्गिक हक अधिकारको समेत ठाडो उल्लघन गरी निहत्था नागरिकलाई गिरफ्तार गर्ने कार्य अत्यन्तै निन्दनीय भएको बताइएको छ ।

विज्ञप्तीमा भनीएको छ–‘घटनाको घोर निन्दा एवं भत्र्सना गर्दै ललितपुर पुलिसद्धारा गिरफ्तार गरिएका लामालाई अविलम्ब रिहा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ । अन्यथा यो निन्दनीय कार्यका विरुद्ध संगठनले गर्ने संघर्षको कारण उत्पन्न जुनसुकै परिणामको पनि जवाफदेही ललितपुर प्रहरी प्रशासन हुने व्यहोरा स्पष्ट गर्दछौँ ।’