सात दलीय मोर्चा अब दुई दलमा सिमितः दह्रो र बृहत् हुने दावी

काठमाडौं । ६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी तय भएपछि यादव र गच्छदारबीच पार्टी एकता गर्ने तालमेल भएको छ ।

आफूले चाहेजस्तो संविधान संशोधन नभईसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिएका थिएनन् ।

तर मधेसमा नयाँ ध्रुवीकरणले उनलाई एकाएक अर्को शक्तिशाली पार्टी निर्माणका लागि चुनौती थपिदिएको छ ।

वैशाख ७ मा ६ वटा मधेसी पार्टी एकता भएको भोलिपल्टै उनी भट्टराई र अशोक राईको नेतृत्वमा एकता तयारी समिति गठन गर्नु यसैको नतिजा थियो । अब उनको आँखा बृहत् मोर्चाबन्दी र चुनावी तालमेलतिर छ ।

राजपा एकतासँगै अब सात दलीय मधेसी मोर्चा केवल दुई दलको साझा बैठक स्थलमात्रै बन्न पुगेको छ । त्यस अर्थमा मोर्चाको अस्तित्व कमजोर पनि देखिन्छ ।

तर यादव मोर्चा अब झन् दह्रो र बृहत् पारिने तर्क गर्न थालेका छन् । सात दलीय मोर्चा छँदा त्यसको तुलनामा २९ दलीय जनजाति, मधेसीको संघीय गठबन्धनलाई प्राथमिकता दिने गरेका यादव अहिले फेरि मोर्चाको महत्वबारे चर्चा गर्न थालेका छन् ।

तत्काललाई संसद संख्यामा २५ सिटसहित आफूभन्दा ठूलो देखिएको राजपालाई राजनीतिक प्रभावका हिसाबले साइजमा राख्न संसदमा १५ सिट भएका यादवले पछिल्ला दिनमा आफूबाट छुटेर गएका विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलगायतलाई जोड्ने रणनीतिमा रहेको उनी निकट एक नेताले बताए । संसदमा गच्छदारको दलसित १७ सिट छ ।

यसले निरन्तरता पाउछ । त्यसलाई आवश्यकताअनुसार विस्तार गर्ने, चुनावमा जानुपरेको खण्डमा सगै जान सकिनेबारे खुला ढंगले कुरा गर्ने हाम्रो सोचाइ छ ।’

यादवले भने–‘सित चुनावी तालमेल इन्कार गर्नुपर्ने कुनै कारण छैन, उनीसँगै तराईमा रहेका अरु पार्टीबीच पनि तालमेल हुने सम्भावना छ, चुनाव हुने नै भयो भने यसबारे कुरा सुरु गर्छु ।’ यादव पार्टी एकता, मोर्चाबन्दी र तालमेलको प्रयासका लागि बुधबार राजधानी फर्कदै छन् ।’यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।