नेपाल आयल निगमले पेट्रोलीयम पदार्थमा यसरी गर्छ चलखेल

काठमाडौंनेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल दिएको भेटिएको छ।

काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणाम कम भेटिएको हो ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिकमा प्रकाशित छ ।