नेपाली भूमिमा लगानी नगर्न गैरेको चेतावनी

राष्ट्रियतालाई हस्तक्षेप भएको आरोप

काठमाडौं । हिजो नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले जिल्ला कार्यलयमा १६ बुँदे माग पेश गरेको छ ।

अध्यक्ष मुक्ति गैरेको नेतृत्वमा पुगेको करिब १५ जनाको समुहले जिल्ला शिक्षा अधिकारी समक्ष आफ्ना मागहरु पेश गर्दै अनुदानका नाममा निर्माण गर्न लागिएका विद्यालयहरु नेपाली राष्ट्रियतालाई हस्तक्षेप गर्ने नीति पढाउने र हस्तक्षेप गर्ने योजना बनाउने अड्डा भएको आरोप लगाएका छन ।

उनले अन्तर्राष्ट्रिय समुदाय द्धारा नेपाली भुमिमा लगानी नगर्न चेतावनी दिदै १५ दिन भित्र उक्त कार्य रोकि तुरुन्तै हटाउन माग गरेका छन् ।

आक्रमक शैलीमा जिल्ला शिक्षा कार्यलय पुगेका उनले शैक्षिक क्षेत्रलाई राज्यले शान्तिपुर्ण क्षेत्र घोषणा गर्ने तर आज हाम्रो पढनपाठनलाई नै अवरोध गर्ने गरि हाम्रो विद्यालयहरुमा निर्वाचनको बुंध राख्ने कार्य पनि तुरुन्तै रोक्न माग राखे ।

निशुल्क शिक्षा उपलब्ध गराउनु पर्ने, निजी विद्यालयहरु खारेज गरिनु पर्ने,राष्ट्रियता माथि प्रश्न उब्जाउने र कमिशन प्राप्त गर्ने उदेश्यले अध्यापन गर्न बर्सेनि पाठ्यपुस्तक रुपान्तरण गर्ने कार्य तुरुन्तै रोक्न, प्रत्येक विद्यालयहरुमा नागरिक वडापत्र र सूचना पाटी राख्न पनि माग गरे ।

यदि उक्त आफ्ना मागहरु पूरा नगरे आफुहरु सशक्त प्रतिकारमा उत्रदै आफुहरुले नै कार्वाही गर्ने चेतावनी दिए । उनी नेकपा(माओवादी क्रान्तिकारी) वैधले नेतृत्व गरेको पार्टी विभाजन भएको एकबर्ष पुगे लगत्तै नेत्रविक्रम चन्दविप्लवले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीबाट सरुवा भई गुल्मी आएका थिए ।

उनले गुल्मी जिल्लामा विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को नाममा शैक्षिक संघर्ष सहित विभिन्न मागहरु राख्दै आएका छन् । उनी अहिले नेत्रविक्रम चन्दूविप्लवूले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको विभिन्न तहमा रहेर काम गर्ने गरेका छन् ।

नेत्रविक्रम चन्दविप्लवले नेतृत्व गरेको पार्टीले स्थानीय चुनावको औचित्य नभएको भन्दै केही समय अगाडि देखि कहिले रक्सिका गाडी फोर्ने, एनसेलका टावर आग्जनि गर्ने, विद्यार्थी संगठनका नाममा विभिन्न कलेजमा तालाबन्दी गर्ने तथा नवगठित गाउँपालिका र नगरपालिकाहरुका वोडहरु फाल्ने र तालाबन्दी गर्ने कामहरु गर्दै आईरहेको छ।