सामाखुसीमा आगलागीः करिब १५ लाखको क्षति

वर्कसप पूर्ण रुपमा जलेर नष्ट

काठमाडौं । केही समयअघि काठमाडौंको सामाखुसीस्थित एक मोटरसाइकल वर्कसपमा टेम्पो वल्डिङ गर्ने क्रममा आगलागी हुदा दुई वटा पसल पूर्ण रुपमा जलेका छन । आगलागीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

तस्विरः काठमाडौंको सामाखुसीस्थित एक मोटरसाइकल वर्कसपमा आगलागी भएको पसल

हरपल नेपालसँग कुराकानी गर्दै गंगबु प्रहरी वृतका इनिस्पेक्टर सुवास खड्काले प्रहरी, स्थानीय युवाहरु मिलेर आगो नियन्त्रणमा लिएको बताएका छन । आगो लागेको खबर पाएपछि त्यहा जुद्ध बारुणयन्त्रको एउटा दमकल समेत प्रयोग गरिएको उनले बताए ।

वल्डिङका लागि आएको एक टेम्पोको काम गरिरहेका बेला अचानक लाईन सर्ट हुँदा उक्त आगलागी भएको बताइएको छ ।

आगलागीबाट कृति मोटरसाइकल पसल र त्यससँगै जोडिएको वल्डिङको पार्टसको पसलमा समेत जलेर पूर्ण रुपमा क्षति ग्रस्त भएको छ ।

अहिले आगो नियन्त्रणमा आएको भएपनि स्थानीयहरु भने अझै त्रसित देखिएका छन ।