मोदीले प्रचण्डलाई फोन गर्नुको कारण के हुनसक्छ ?

किन बढ्दैछ नेपालको निर्वाचनबारे भारतको चासो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज फोन गरी आगामी निर्वाचनबारे चासो ब्यक्त गरेका छन् ।

आज दिउँसो ४ बजेतीर भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन वार्तामा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका हुन ।

प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार प्रधामन्त्री मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने समेत बताए ।

टेलिफोन बार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए ।