जनयुद्धले अन्त्यष्टी गरेको व्यवस्थालाई संसदवादीहरुले ब्युँताउन खोजेः नेता बास्तोला

संसदीय व्यवस्था जनतालाई अमान्य भएको दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले दश वर्षे जनयुद्धले अन्त्यष्टी गरेको संसदीय व्यवस्थालाई अहिले संसदवादीहरु मिलेर जवर्जस्त ब्युँताउन खोजेको आरोप लगाएका छन ।

नेकपाद्धारा आज राजधानीमा आयोजना गरिएको निर्वाचन खारेजी अभियान अन्तर्गतको कार्यक्रम

नेकपाद्धारा आज राजधानीमा आयोजना गरिएको निर्वाचन खारेजी अभियान अन्तर्गतको कार्यक्रमलाई संवोधन गर्दै नेता बास्तोलाले त्यसतो बताएका हुन ।

उनले संसदीय दलका नेताहरुले विदेशी पैसा लिएर स्थानीय निर्वाचनको नाटक मंचन गरिरहेको भन्दै त्यो नेपाली जनतालाई अमान्य भएको तर्क गरे ।

कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत ठूला दलले विदेशीको ईसारामा मसानघाट पुगेको संसदीय व्यवस्थालाई पुर्न जन्माउन खोजेकाले नेपाली जनताहरुले त्यसको विरोधमा सभा, सम्मेलन, जागरण अभियानमा नेकपालाई सघाउँदै आएको उनले दावी गरे ।

उनले भने–‘जनयुद्धले अन्त्यष्टी गरेको व्यावस्थालाई संविधानसभाको निर्वाचनसँगै संसदीय पार्टीका नेताहरुले करोडौं पैसा लिएर ब्युँताउने कोसिस गरेका छन । उनीहरुले नेपाली जनताको भविष्यमाथि संसदीय व्यवस्था लादेर राज गर्न खोजेका छन् । हामी त्यसलाई खारेज गर्न चाहन्छौं ।’