स्थानीय चुनावका उम्मेदवार गिरफ्तार गरेर राज्यलाई जवाफ दिने नेकपाको चेतावनी

पक्राउ परेका नेता कार्यकर्तालाई तुरुन्त रिहाई गर्न माग

सुर्खेतनेपाल कम्युनिस्ट पार्टीले हिजो सुर्खेतबाट आफ्ना पचास भन्दा बढी नेता कार्यकर्तालाई विनाकारण पक्राउ गरेको भन्दै स्थानीय चुनावका उम्मेदवारहरुलाई ठाउँ ठाउँबाट गिरफ्तार गरेर राज्यलाई जवाफ फर्काउने बताएका छन ।

आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका पोलिट्व्युरो सदस्य ओम प्रकाश पुनले आफ्ना नेता कार्यकर्तालाई विनाशर्त नछोडेमा गाउँ गाउँबाट स्थानीय चुनावका उम्मेदवारलाई कब्जामा लिने बताएका हुन् ।

नेता पुुनले भने–‘प्रहरीले हाम्रा साथीहरुलाई शान्तीपूर्ण ढङगले कार्यक्रम गरेको अवस्थामा शहरबाट पक्राउ गरेको छ, अब हामी हरेक स्थानीय तहबाट उम्मेदवारहरुलाई नियन्त्रणमा लिन्छौ । राज्यले हाम्रा पार्टीका नेताहरु प्रति हेर्ने दृष्टीकोण नबदले हामी चुनाव बहिष्कारको आन्दोलन झन शसक्त रुपमा अघि बढाउँछौ ।’

नेता पुनले देशभरबाट गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताको तुरुन्त रिहाई गर्न र आफ्नो शान्तीपूर्ण कार्यक्रमलाई अवरोध नगर्न सरकारसँग माग गरेका छन ।

सरकारले स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरि रहेको अवस्थामा नेकपा लगाएत केहि दलहरुले भने निर्वाचन वहिष्कार आन्दोलन गर्दै आएका छन ।