निर्वाचनका लागि कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

घोषणापत्रले विकासको दश वर्षे मार्गचित्र प्रस्ट पारेको दावी

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी गरेको छ । स्थानिय तहको चुनावका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय सदस्य एवं घोषणापत्र तयारी समिति सदस्य प्रदीप पौडेलका अनुसार वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा महेश आचार्य संयोजक रहेको समितिले घोषणपत्र तयार गरेको हो ।

केन्द्रीय सदस्य नेता पौडेलले भने–‘नेपाली जनताको आर्थिक उन्नतिको चाहनालाई सम्बोधन गर्नेगरी कांग्रेसले घोषणापत्र तयार पारिरहेको छ, कांग्रेस घोषणापत्रले आर्थिक विकासको दश वर्षे मार्गचित्र प्रस्ट पार्नेछ।’

स्थानीय तहलाई उद्योग र लगानीमैत्री बनाउने विषयदेखि पर्यटन, जलस्रोत र कृषि क्षेत्रमा दशमा गर्न सकिने आर्थिक सम्वृद्धिको मार्गचित्र प्रस्तुतिमा देखाइएको थियो ।