राष्ट्रिय जनता पार्टी छाता चुनाव चिन्ह नपाए पनि निर्वाचनमा सहभागी हुने

काठमाडौं सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी चुनावी प्रचारप्रसार गर्न तिव्ररुपमा लागेको छ ।

प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ।

छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ। यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्‍याइएको छ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्‍यो। यसको विकल्पमा राजपाका नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो। यो समाचार आजको नागरिकमा प्रकाशित छ ।