अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

अमेरिकादुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिकाको मिनिसोटा राज्यमा गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका अर्बिन थापाको पौडी खेल्ने क्रममा वेपत्ता भएपछि उनको शव आइतबार फेला परेको थियो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।