छत्तिसगढमा भारतीय माओवादीको हमला, २६ को मृत्यु ७ घाइते

मुख्य मन्त्री सिंहले दिल्लीको भ्रमण रद्ध गर्दै बैठक बोलाए

नयाँ दिल्ली । भारतीय माओवादीले छत्तिसगढ राज्यको सुकमा जिल्लामा भारतीय केन्द्रिय रिजर्व फोर्सको ७४ औं बटालियन माथि सोमबार दिउँसो आक्रमण गर्दा २६ जवानको मृत्यु र ७ जना घाइते भएका छन् ।

हिन्दुस्तान टाइम्सले जनाए अनुसार सुकमा जिल्लाको चिन्ता गुफा बुर्कापाल इलाकामा सडक उद्घाटन कार्यक्रमकालागि गएको सुरक्षा गस्तीमाथि बारुदी सुरुङ विष्फोट गरी आक्रमण गरेको जनाएको छ ।

३ सयको संख्यामा रहेका भाकपा माओवादीले उनीहरुको साथमा रहेका हतियार समेत कब्जा गरेका छन् ।

घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट रायपुरखाना लगिएको दन्तवडाका वरिष्ठ प्रहरीले बताएका छ ।

प्रहरीका अनसार उद्दार र घटनास्थल वरिपरी खोजतलासका लागि थप टोली पठाइएको जनाएका छन् ।

आक्रमणपछि छत्तिसगढका मुख्य मन्त्री रमन सिंहले दिल्लीको भ्रमण रद्ध गरी आपतकालिन बैठक राखेका छन् ।

बैठकले मंलबार घटनास्थलको निरीक्षणकालागि गृहराज्यमन्त्रि हंसराज अहिर जाने निर्णय भएको जनाएको छ ।