भक्तपुरमा पहिलो पटक पित्तथैलीको बृहत शिविर हुने

शिविरमा डेढसय जनाको अप्रेशन गरिने

भक्तपुर । डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

आज भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले बैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म हुने शिविर आयोजनाका लागि आवश्यक तयारी भैरहेको जानकारी दिए ।

उक्त शिविरमा डेढसय जनाको अप्रेशन गर्ने योजना रहेको पनि उनले बताएका छन । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मेनेजर मारिखुले जानकारी दिएका छन ।

अस्पतालले शिविर अवधीमा उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।