मोटरसाइकल ठक्करबाट पूर्व गृह सचिव सुवेदीको मृत्यु
चालक प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७४ बैशाख ११, सोमबार
प्रकासित समय : १३:१६
काठमाडौं । काठमाडौंको अनामगरमा बाटो काट्ने क्रममा पूर्व गृह सचिव पद्मराज सुवेदीको मृत्यु भएको छ।
सिंहदरबारका ट्राफिक प्रहरी निरीक्षक बाबुकाजी गिरीका अनुुसार आइतबार अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट बाटो काट्ने क्रममा ७९ वर्षीय सुबेदीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको हो ।
अनामनगरबाट हनुमानमन्दिर तिर आउँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलको ठक्करपछि घाइते भएका सुवेदीर्को माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने बिवेक बस्नेतलाई नियन्त्रणमा लिएको छ।