कागजातमा किर्ते गरेको आरोपमा डीआईजी सिलवाल पक्राउ

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेको आरोप

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई कागजातमा किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कागजमा किर्ते गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको छानविन समितिले सिलवाललाई बयानका लागि पक्राउ गरेको हो ।

प्रहरी अधिकारीहरुका अनुसार उनलाई त्सतो आरोप लागेपछि बयानका लागि पटक पटक बोलाउँदा पनि उपस्थित भएका थिएनन् ।

हरपल नेपालसँग कुरा गर्दै प्रहरी प्रवत्ता सर्वेन्द्र खनालले भने–‘छानविन समितिले बयानमा बोलाउँदा पनि डिआईजी सिलवाल नआएकाले उनलाई सोधपुछका ल्याइएको हो ।’

आइजीपी प्रकरणमा सिलवाले अदालतमा पेश गरेको कागजातमा किर्ते गरेको आरोप लागेपनि यस अघि आईजीपीले बोलाएको बैठकलाई सिलवालले बहिस्कार गर्दै आएका थिए ।

सिलवाललाई विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरिएको छ । शम्भु थापा सिलवालको पक्षबाट कानुन व्यावसायी हुन ।