काठमाडौंको वायु प्रदुषण र भ्रष्टचार विरुद्ध एकिकृत राप्रपाको विरोध सभा

सुद्धीकरण अभियानबारे नयाँ वहश चलाउने डा. लोहनीको भनाई

हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै डा. लोहनी

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको नेतृत्वमा नयाँ गठित एकिकृत राप्रपा राष्ट्रवादी पार्टीले आज काठमाडौंको वायु प्रदुषण र मौलाउदै गएको भ्रष्टचार विरुद्ध विरोध सभा गर्ने भएको छ ।

कमल थापा नेतृतवको राप्रपाका काम,कार्य र नीतिगत विषयमा फरक मत राख्दै नयाँ सोचका साथ अगाडि बढ्ने उद्घोष गरेका डा। लोहनीले पछिल्लो समयमा राजनीतिक संस्कारले बढाएको भष्टचार र विविध खाले प्रदुषणको विषयमा केन्द्रीत कार्यक्रमहरु गरिरहेका छन ।

आज ११ बजे माइतिघर मण्डला चोकमा गरिने उक्त कार्यक्रममा काठमाडौंको धुँवा,धुलो र प्रदुषणका साथै राज्यका हरेक तहका निकायहरुमा हुने गरेका भ्रष्टाचारको विरोध लेखिएका प्लेकार्ड सहित एकिकृत राप्रपाका नेता,कार्यकर्ताहरुले केहीबेर नारा जुलुश लगाउने र अन्त्यमा पार्टीका नेताहरुले विरोध सभालाई सम्बोधन गर्ने बताइएकोे छ ।

वायु प्रदुषणका कारण ७२ प्रतिशत मुटुको समस्या

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार उपत्यकामा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको छ । परिषदका सदस्य सचिव डा. खेम कार्कीका अनुसार वायु प्रदुषणका कारण मुटु रोगबाहेक १४ प्रतिशत दम र १४ प्रतिशत फोक्सोको क्यान्सर बढेको छ ।

काठमाडौमा वायु प्रदुषण बढ्नुको मुख्य कारण सवारी चापको बृद्धी भएको वातावरणविद् डा. भुषण तुलाधर बताउँछन् । उनका अनुसार काठमाडौंमा जनसंख्याको चाप चार प्रतिशतले वृद्धि भैरहेकोमा त्यसको अनुपातमा सवारीसाधनको वृद्धि ४० प्रतिशतले बढेको देखिन्छ ।

विश्व स्वास्थ्य सगंठनले गत वर्षमा गरेको वायु प्रदुषण सम्बन्धि एक अध्ययनले उपत्यकामा अघिल्ला वर्षका तुलनामा ५ गुणाले वायु प्रदुषण बढेको देखाएको छ । उपत्यकामा बढ्दो प्रदुषणका कारण बिभिन्न रोगका बिरामीहरू समेत बढ्दै गएको देखिन्छ ।

उपत्यकामा सडक विस्तार, खानेपानी तथा ढलको पाइप बिछ्याउने क्रम तथा बढ्दो सवारी चाप लगायतले धुलो, धुवाँ बढेर वायु प्रदुषण बढेपनि त्यस प्रति सरोकारवालाहरुले भने ध्यान दिएका छैनन ।

हरपल नेपाल डटकमसँग कुरागर्दै डा. लोहनीले भने–‘हामी काठमाडौंको प्रदुषण र भ्रष्टाचारले मुलुक आक्रान्त भएको अवस्थामा सुद्धीकरणका लागि नयाँ ढंगको वहश चलाउन चहन्छौ, त्यसैका लागि आज विरोध सभाको आयोजना गरिएको हो । सरकारले राज्यमा भै रहेको भ्रष्टाचार जस्तो जघंन्य अपराधको विषयलाई बढवा दिएको छ, राजधानीका सडकहरुमा धुवा,धुँलोले जन जीवन प्रभावित पारेको छ, तर राज्यले आँखा चिम्लेर कुर्सिमा बसिराखेको छ । हामी उहाँहरुलाई ब्यूँझाउन खोज्दै छौ ।’

डा. लोहनीले आफ्नो पार्टीले देशमा देखिएको समग्र समस्याका साथै राजनीतिक प्रदुषणलाई समेत आफ्नो पार्टीले सफा गराएर मुलाुकलाई सुन्दर, शान्त र सफा नेपाल बनाउने अभियान सुरु गरेको बताए ।