पर्सामा प्रहरीमाथि आक्रमण हुँदा चार जना घाइते

आक्रमणकारीको तिव्ररुपमा खोजी

पर्सा । पर्साको कलैया–१ धर्मनगरमा तस्करी गरेर ल्याएको समान बरामद गर्न खोज्दा चार जना प्रहरी घाइते भएका छन ।

छिमेकि मुलुक भारतको भन्सारबाट गैर कानुनी रुपमा चिनि, खैनी, कपडा जस्ता सामान आयत गर्ने तस्करहरुलाई समात्न खोज्दा प्रहरी र तस्करबीच भीडन्त भएको हो ।

तस्करहरुले गाउँलेसँग मिलेर सादा पोसाकमा आएका प्रहरी माथि आक्रमण गरेका हुन । उक्त आक्रमणमा तीन जना प्रहरी हवल्दार सहित एक जना जवान पनि घाइते भएका छन ।

तस्करहरुले प्रहरी जवान घाइते भएपछि एक थान सटघन लुटेर लगेको जिल्ला प्रहरी कार्यलय पर्साका एक अधिकारीले बताएका छन ।

उक्त भिडन्तमा परि घाइते हुनेमा हवल्दारहरु विनोद पासवान, शेख मुस्लिम र चन्देश्वर सिंह तथा जवान जगमोहन राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय पर्साले प्रहरी माथि आक्रमण गर्ने तस्करको तिव्ररुपमा खोजी भइरहेको बताएको छ ।