सरकार चुनावको तयारीमा व्यस्त, भारतले सिमानामा लगायो तारबार

इलामभारतीय पक्षले इलामको सुर्योदय नगरपालिका २ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दशगजा क्षेत्रमा गुम्बा मर्मत’ गर्ने भन्दै पक्कि निमार्णको काम अन्तिम चरणमा पुगेको बेलामा पशुपती नगरकै अर्को स्थानमा सिमा मिचेर भारतीय पक्षले घेरबार गर्ने तयारी गरेको छ ।

सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख मोहन पनेरुले दशगजामा घेरबार रोक्न माग गरेपनि भारतीय पक्षले लिखित पत्रको माग गरेको जानकारी दिए ।

उनले दशगजनामा घराबारा शुरु गरेपछि काम रोक्न एसएसवीको स्थानीय प्रमुखलाई आग्रह गरेको बताए । भारतीय पक्षले पत्र नपाए सम्म काम नरोक्ने जवाफ दिएको बताए ।

पहिलेको पशुपतिनगर ५मा पर्ने हालको सुर्योदय नगरपालिका २ मा पर्ने टासीगाउँमा रहेको एसएसवीले सो स्थानमा रहेको नेपाली भुमि मिचेर तारवार गर्नलागेको सांसद लिलादेवि श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार भारतीय पक्षले दशगजा क्षेत्र मिचेर आठ दशवटा पिल्लरका लागि खाडल खन्ने काम गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।