धरहराको डिजाइन टेलिकमले अस्विकार
प्रकासित मिति : २०७४ बैशाख ११, सोमबार
प्रकासित समय : ०६:५९
काठमाडौं । नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव गरेको छ ।
त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभइ आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको नेपाल टेलिकमले गरेका हो ।
करिब ३० बर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ ।
करिब १ बर्ष लगाएर तयार गरेको डिजाइन टेलिकमले अस्वीकार गरेको छ । अन्तराष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने डिजाइनको आधारमा नयाँ डिजाइन निर्माण गर्नुपर्ने टेलिकमले जनाएको छ ।
राष्ट्रको गौरव रहेको धरहरा पुनर्निमाण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गर्ने तयारी गरिरहेको अवस्थामा नेपाल टेलिकम आफैंले लागत बेहार्ने गरी प्रस्ताव गरेको हो ।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।