स्थानीय निर्वाचनमा नेकपाको चुनावविरोधी गतिविधिले समस्या

काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर्याएको छ । विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको छ ।

गृहले पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चुनावविरोधी गतिविधि र तराईमा नेकपाका साथै विखण्डनकारी समूह सीके राउतका कार्यकर्तालगायत भूमिगत समूहको गतिविधि स्थानीय तह निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर गरेको हो ।

विप्लवका कार्यकर्ता निर्वाचन बिथोल्ने उद्देश्यले नगरपालिका र गाउँपालिकामा केन्द्रित भएको स्रोतले बताएको छ । प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकाका सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।गृह मन्त्रालयले विप्लवका कार्यकर्ताको निर्वाचन बिथोल्ने योजना विफल बनाउन मतदानस्थलमा निगरानी बढाएको छ । ‘

निर्वाचन नचाहने र नेपाललाई अस्थिर राख्न खोज्ने दृश्यरअदृश्य शक्तिले अस्तित्वमा नरहेका क्षेत्रीय पार्टी र समूहलाई निर्वाचन बिथोल्न प्रयोग गर्न सक्ने भन्दै गृहले ती समूहमाथि निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।