पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचनमा ८७८ जनाले मतदान गरे (भिडियोसहित)

आठ बजेदेखि मत गणना कार्य सुरु हुने

काठमाडौं । पत्रकार महासंघ काठमाडौं शाखाको दशौं अधिवेशनसँगै नयाँ नेतृत्वका लागि आज वानेश्वरमा सम्पन्न भएको निर्वाचनमा ८७८ जना मतदाताहरु सहभागि भएका छन ।

देशभरीकै सबैभन्दा बढि मतदाता सख्या भएको काठमाडौं शाखामा १३६८ जना मतदाताको नामावली यस अघिनै निर्वाचन समितिले प्रकाशन गरेको थियो । आज भएको निर्वाचन प्रकृयामा करिब ६४.१८ प्रतिशत मतदाताले मात्र निर्वाचनमा भाग लिएका छन ।

निर्वाचन प्रकृयामा फर्जि मतपत्र भेटिएको,एकलौटि ढंगले निर्वाचनका आन्तरिक कार्यहरु गरेको र समयमै मतदाता कार्ड सबैलाई उपलब्ध नगराएको भन्दै मतदाताहरुले केहीबेर नारा जुलुस समेत गरेका थिए । मतदाताहरुले निर्वाचन खारेजि हुनुपर्ने भन्दै केहीबेर तनाबको स्थिती ल्याएको भएपनि पछि त्यो बिवाद साम्य भएको थियो ।

निर्वाचन अत्यन्त मर्यादित ढंगले सम्पन्न भएको निर्वाचन समितिले हरपल नेपाललाई बताएको छ । अहिले मतदान स्थलबाट मत पेटिका निर्वाचन समितिको रोहवरमा सुरक्षा निकायले गणनाका लागि आफ्नो जिम्मामा लिएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार आज साझँ आठबजेबाट मत गणनाको कार्य सुरु हुने छ । निर्वाचनमा सहभागि पत्रकारहरुले अहिले कुन पदमा कस्को जित हुन्छ भन्ने खालको अनुमान र चर्चा गरिरहेका छन ।

आज भएको निर्वाचनमा अध्यक्ष पदका लागि रामकृष्ण अधिकारी र शन्तराम बिडारीले आफ्नो उम्मेदवारी यिदएका थिए । त्यसैगरी खुला तर्फ उपाध्यक्ष पदका लागि सुर्य सुबेदी र राम चन्द्र खडका तथा महिला तर्फ देबी सापकोटा र सिता पोख्रेलको उम्मेदवारी रहेको छ ।

त्यसैगरी सचिव पदमा मोहन प्रसाद पन्त र ज्ञानप्रसाद बास्तोला, त्यसैगरी खुला तर्फको सहसचिवमा लोकराज जैसी, रामशरण माझिँ र केदार भट्टराई तथा समावेशी तर्फ अमिर लामा र सुशिल दर्नालले उम्मेदवारी दिएका छन ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि रामचन्द्र बस्नेत,कालिका महत,रेणुका भट्टराई र अर्जुन डोटेल तथा खुला तर्फ सदस्यहरुमा राधेश्याम तिमिल्सेना, मुकुन्द भुषल, गणेश उप्रेति, बिष्णु कुमार गिरी, शुलोचना अर्याल, प्रमोद घिमिरे, सुरज प्याकुरेल, श्यामराज पाठक, गणेश कुमार शर्मा, रामचन्द्र दुलाल,प्रकाश ढकाल, गोकर्ण वराल, रघुनाथ पौडेल,राजेश भण्डारी, अजित अधिकारी, फणिन्द्र फ्ँयाल, सुर्या थापा, ज्योति जिसि, अनुप प्रधान, पुष्कर बस्नेत,शशिबाबु पौडेल तथा जनजाति तर्फबाट हेम बहादुर राना, प्रबिण श्रेष्ठ, कुमार श्रेष्ठ त्यसैगरी महिला तर्फ अम्बिका घिमिरे र दिया चन्द्र, मधेशि तर्फ सुनिल कुमार शाह, भुपनारायण यादब र विनय कुमार महतो, दलित तर्फ सर्मिला बिश्वकर्मा र लाल बहादुर दर्जिले उम्मेदवारी दिएका छन ।

LOADING...