पत्रकार महासंघ अझैपनि राजनीतिक प्रभावबाट मुक्त हुन सकेको छैनः युनियन अध्यक्ष सिक्देल

काठमाडौं । प्रेस युनियनका अध्यक्ष बद्धि सिक्देलले पत्रकार महासंघ र सिंगो पत्रकारीता जगत राजनीतिक प्रभावबाट अझै पनि मुक्त हुन नसकेको कारण आलोचित हुने गरेको आरोप लगाएका छन ।

पत्रकार महासंघ काठमाडौं शाखाको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुक्रबार बोल्दै सिक्देलले त्यस्तो आरोप लगाएका हुन । उनले महासंघको नेतृत्वले दलिय राजनीतिको संस्कारलाई बढवा दिएको समेत बताएका छन ।

पत्रकार साथीहरुले महाधिवेशनको बेला ताल्चा लगाउने, सुद्धिकरणको माग गर्ने लगाएतका विषयहरुको उठान गरेको भएता पनि महासंघले भने त्यता कुनैपनि चासो नदिएको भन्दै उनले नेतृत्व प्रति कडा आक्रोश ब्यक्त गरे ।

उनले भने–‘महासंघको नेतृत्वलाई आफ्नो मान्छे चाहिएको छ,हाम्रो मान्छे होइन । महासंघको सुद्धिकरणको लागि यहि सोच र प्रवृतीलाई बदल्न जरुरी छ । हामीले महासंघलाई मर्यादीत र सबै पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गराउनु पर्दछ । अहिले त्यहि नेतृत्वको आवश्यकता रहेको छ ।’

उनले पत्रकार महासंघमा दलिय राजनीति गर्नु नहुने बताए । उनले भने–‘तपाईहरु कसैलाई अखिलको ह्याङ छ भने स्ववियुमा गएर त्यो राजनीति गर्नुहोस । कसैलाई एमाले वा अन्य पार्टीको ह्याङ छ भने स्थानीय, संघिय र केन्दीय तहको चुनावमा गएर त्यसलाई उतार्नुस तर यो हामी पत्रकारको साझा संस्थामा त्यस्तो राजनीति कसैले नगरौं ।’

LOADING...