अफ्रिकी मुलुक युगान्डामा एक नेपाली सुपरभाइजरको हत्या

काठमाडौं  । अफ्रिकी मुलुक युगान्डामा वैदेशिक रोजगारीका लागि गएका एक नेपालीको हत्या भएको छ ।

भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकी अफ्रिकी मुलुक युगान्डाको एक चिनी कारखानामा सुपरभाइजरको पोष्टमा काम गर्दै आएका थिए । सो कारखानाका कामदारको आक्रमणबाट बुढाथोकीको हत्या भएको हो।

बुढथोकीमाथि एक चोरी आरोपमा पक्राउ कामदारले सांघातिक आक्रमण गरेका थिए ।

बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए ।यो समाचार आजको नागरिकमा प्रकाशित छ ।